Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाकस साटेर प्रचण्डलाई सिरहाबाट जिताइएको लेखराज भट्टको खुलासा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य लेखराज भट्टले दोस्रो संविधानसभा चुनावमा  पुष्पकमल दाहाल प्रचण्डलाई धाँधली गरेर सिराहाबाट जिताइएको खुलासा खुलासा गरेका छन्।

तत्कालिन माओवादी केन्द्रका प्रभावशाली नेता  भट्टले चुनाव हारेपछि धाँधली गरेर प्रचण्डलाई जिताइएको खुलासा अहिले आएर खुलासा गरेका हुन ।

‘बत्ती निभाएर, बाकस साटेर प्रचण्डलाई सिरहाबाट जिताइएको हो,’ नेकपाका सुदूर पश्चिमका कार्यकर्ताहरुको राजधानीमा भएको भेलामा आपुर्तिमन्त्रीसमेत रहेका नेता भट्टले भने ।
‘जहिले पनि क्रमभंग, धक्का, महाविपत्ति भन्नुहुन्थ्यो । जहिले पनि उहाँले महाविपत्ति ल्याउनुहुन्छ । अहिले पनि विपत्ति ल्याउन खोजिरहनुभएको छ,’ भट्टले भने , ‘उहाँहरु माइतीघर मण्डलामा जानुभयो, हामी यहाँ छौं भन्नुपर्ने अवस्था उहाँहरुलाई किन पैदा भयो ? ’ भट्टले अवको चुनावपछि प्रचण्ड समुहलाई बत्ति बालेर खोज्नुपर्ने अवस्था आउने वताए।

‘अब हामीले उहाँहरुलाई खोज्न जानुपर्ने भयो । देशका कुना काप्चामा उहाँहरु कहाँकहाँ हुनहुुन्छ खोजेर ल्याउनुपर्ने दायित्व हाम्रो भएको छ,’ भट्टको भनाई थियो । भट्टले भने,‘चुनाव गराएर नेतृत्वमा आउने कुरा गर्नुहुन्न । लडीबुडी गरेर प्रधानमन्त्री पद चाहियो भन्नुहुन्छ । प्रचण्डले केटाकेटीपारा देखाउनुभयो ।’

प्रचण्डले जनयुद्धका घाइतेको अवस्था के छ भनेर यो १० वर्षमा नबोलेको र नसोधेकोमा उनले आश्चर्य व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077