Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

चक्कु प्रहार गरी लाखाैं लुटपाट गर्ने ग्याङ प्रहरीकाे फन्दामा

काठमाडाैँ । चक्कु प्रहार गरी लाखाैं लुटपाट गर्ने एक ग्याङ प्रहरीकाे फन्दामा परेकाे छ।

महानगरिय अपराध महाशाखाले बुधबार काठमाडाैँ-७ चाबहिलमा सहकारी संस्थाका बजार प्रतिनिधिलाई चक्कु प्रहार गरी लुटपाट गरेकाे अभियाेगमा ग्याङमा संलग्न चार जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा रोहन शाही,हरी शर्मा,रोहित शाही र अमृत तुलाधर रहेका छन्।

पुरानो बानेश्वर स्थित रहेको सन्दुक सहकारी संस्थाका बजार प्रतिनिधि प्रेम गजमेरलाई धारिलो हतियार चक्कु प्रहार गरि धाइते बनाई उनकाे साथमा रहेको २ लाख लुटी उनीहरू फरार भएका थिए।

प्रहरीले सिसिटिभि फुटेजको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे। महानगरीय अपराध महाशाखा तथा पिसिसिबि गौशालाको टोलीले खाेज तलास गर्दै जाने क्रममा उनीहरूकाे साथबाट विभिन्न स्थानबाट चोरी गरेको ४ थान स्कूटर र १ थान मोटरसाइकल तथा लुटिएको नगद समेत बरामद गरेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077