Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

६ हजार घुस लिने प्रहरी हवल्दार र दिने व्यापारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव रहेका छन् ।

अख्तियारका अनुसार उनी भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा परेका हुन् ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार सेवाग्राहीसँग लिएको उक्त घुस रकम राख्ने हरिनगर गाउँपालिका-४ का स्थानीय होटल व्यवसायी विनोद साहलाई पनि पक्राउ गरिएको छ ।

विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले दुवै जनालाई हरिनगरा बजारबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077