Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सालकको खपटा किन बेच गर्ने तीन जना पक्राउ

    सालकको खपटा किन बेच गर्ने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १८ पुष २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । वन्यजन्तु सालकको खपटा किन बेच गर्ने तीन जना प्रहरीकाे फन्दामा परेका छन्।

    पक्राउ पर्नेमा धादिङ धुनिबेशी–५ का मनोज राई, नुवाकोटका सूर्य तामाङ र धादिङका कपिल तामाङ रहेका छन्।



    राई सालकको खपटा बोकेर काठमाडौं आउँदै थिए । काठमाडौंमा उनलाई ‘विशेष ग्राहक’कुरिरहेका थिए ।



    बा.३ख ६१३८ नम्बरको बसमा आएका १९ वर्षीय राईलाई पुस १५ मा नागढुंगाबाट खटिएको प्रहरीले पक्रियो । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले मनोजको झोलामा एकथान सालकको खपटा भेट्टायो ।

    मनोजको बयानको आधारमा प्रतिबन्धित सालकको खपटा किन्न खोज्ने द्वय तामाङलाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हाे।

    सालकको खपटा कारोबार गर्नेहरुमाथि थप अनुसन्धान र कारवाहीका लागि प्रहरीले उनीहरुलाई जिल्ला बन कार्यालय काठमाडौंमा पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार