Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • नाइजरको गाउँमा संदिग्ध इस्लामी समूहको आक्रमण, कम्तिमा ७० को मृत्यु

    नाइजरको गाउँमा संदिग्ध इस्लामी समूहको आक्रमण, कम्तिमा ७० को मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 3.7K
    SHARES

    एजेन्सी । अफ्रिकी मुलुक नाइजरको गाउँमा संदिग्ध इस्लामी समूहको आक्रमणमा कम्तिमा ७० नागरिकको मृत्यु भएको छ । द गार्जियनका अनुसार मालीसँगको सीमा नजिकै रहेको दुई गाउँमा भएको सो आक्रमणमा ७० नागरिकको मृत्यु भएको हो ।

    एक सुरक्षा अधिकारीका अनुसार करिब चोम्बागो गाउँमा ४९ जना गाउँलेको हत्या भएको र कम्तिमा १७ जना घाइते भएका छन् । त्यस्तै शनिबार वरिष्ठ सुरक्षा अधिकारीले दिएको जानकारी अनुसार अर्को गाउँ जारोमदारेमा करिब ३० जनाको हत्या भएको छ ।



    तर नाइजर सरकारले भने तुरुन्त कुनै प्रतिक्रिया जनाइसकेको छैन ।नाइजर यसअघि पनि अलकायदासँग सम्बन्धित इस्लामिक चरमपन्थी र इस्लामिक स्टेटको निशाना बन्दै आएको थियो ।
    यी चरमपन्थीको आक्रमणमा गत वर्ष माली र बुर्किना फासोसँग जोडिएका सिमानाका गाउँमा सयौँ सर्वसाधारण नागरिक मारिएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार