Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अफगानिस्तानमा आत्मघाती आक्रमण हुँदा २६ सुरक्षाकर्मीको मृत्यु

    अफगानिस्तानमा आत्मघाती आक्रमण हुँदा २६ सुरक्षाकर्मीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 3.7K
    SHARES

    एजेन्सी । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।

    आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् ।



    घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिए । उनले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताए ।



    घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरे ।

    अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिए । तर उनले के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही बताउन चाएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार