Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • धुर्मुस सुन्तली फाउन्डेसनलाई अल्का अस्पतालले दियो २५ लाख

    धुर्मुस सुन्तली फाउन्डेसनलाई अल्का अस्पतालले दियो २५ लाख

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । चितवनको भरतपुरमा निमाणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल २५ लाख रुपैयाँ नगद सहयोग गरेको छ ।

    रंगशाला निर्माण गरिरहेको हस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को धुर्मुस सुन्तली फाउन्डेसनलाई अस्पतालले २५ लाख रुपैयाँ प्रदान गरेको हो।



    रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् ।



    रकम हस्तान्तरण गर्दै अस्पतालका अध्यक्ष थापाले रंगशाला निमार्णमा सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको र धुर्मुस सुन्तली फाउन्डेसनले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको बताए ।

    अध्यउक्ष थापाले भन–‘यस अघि पनि सिताराम कट्टेल धुर्मुस जीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ । रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ ।’

    त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ।

    रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार