Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मूलधारकाे राजनीतिमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गरेका छन् । पार्टीको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आज आयोजित विस्तारित बैठकमा उनले पार्टी विभाजन भइनसकेको उल्लेख गर्दै आफ्ना गल्ती र भूल स्वीकारेर नेकपामा कायम रहन आग्रह गरे । परराष्ट्रमन्त्री ज्ञवालीले भने “केही साथीहरु बरालिनुभएको छ, गल्ती  र भूललाई बिर्सेर मूलधारको पार्टीको बैठकमा आउन म आग्रह गर्छु, अन्यथा जनताले समयमा उचित निर्णय दिनेछन् ।”

उनले पार्टीमा उत्पन्न विवादका कारण मुलुकलाई दुर्घटनाबाट जोगाउन सरकारले जनतामा जाने निर्णय गरेकाले सर्वाेच्च अदालतले  दुई तिहाइ बहुमतको सरकारले गरेको निर्णयकै पक्षमा फैसला गर्नेमा निश्चिन्त रहन आग्रह गरे  ।

नेकपाका स्थायी समिति सदस्य एवं खानेपानीमन्त्री मणि थापाले एकीकरण हुँदाको सहमति तोडेर अध्यक्ष प्रचण्डले विभाजनको बाटो लिएको टिप्पणी गरे । बैठकमा महासङ्घका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य खगेन्द्र राईले सम्पूर्ण साहित्य, कला र संस्कृतिर्मीको समर्थन मूल पार्टीलाई नै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077