Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सिटीद्वारा चेल्सी पराजित

    सिटीद्वारा चेल्सी पराजित

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 2.1K
    SHARES

    लन्डन । म्यानचेस्टर सिटीले आक्रामक फुटबलको नमुना पेस गर्दै आइतबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेकाे छ।

    सिटीले चेल्सीलाई ३–१ ले हराएको छ । स्टायमफोर्ड ब्रिजमा बेहोरेको यो हारले चेल्सी व्यवस्थापक फ्रायन्क लाम्पार्डमाथि भने दबाब बढेको छ ।



    कोभिड १९ संक्रमणका कारण आफ्ना केही प्रमुख खेलाडीबिना उत्रिएको सिटीले पहिलो हाफमा १६ मिनेटको अन्तरमा तीन गोल गरेको थियो । त्यसमा इल्केयी गुन्डोगन, फिल फोडेन र केभिन डे ब्रुएनाले गोल गरे ।



    चेल्सीका लागि कलम हडसन ओडोइले एक गोल फर्काए । यो जितपछि सिटी अंक तालिकको पाँचौं स्थानमा उक्लेको छ । यो शीर्ष स्थानमा रहेका लिभरपुल र म्यानचेस्टर युनाइटेडसँग चार अंकको दूरी हो ।

    सिटीको १५ खेलबाट २९ अंक भएको छ । लिगमा आइतबार भएको अर्को खेलमा लेस्टर सिटीले न्युकासल युनाइटेडलाई २–१ ले हरायो । लेस्टर ३२ अंकमा तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार