Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डले आन्तरिक राजनीतिमा भारतलाई गुहारेको प्रदीप ज्ञवालीको दाबी

पाल्पा। परराष्ट्रमन्त्री  प्रदीप ज्ञवालीले नेपालको आन्तरिक राजनीतिमा पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतलाई गुर्हानु दुखद भएको वताएका छन्।

प्रतिनिधिसभा विघटन भएपछि सडकमा गएको खेमाले बाह्य शक्ति निम्त्याएको परराष्ट्रमन्त्री तथा नेकपाका नेता ज्ञवालीले बताए ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने , ‘पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको अन्तर्वार्ता हेर्दै थिए । त्यहाँ भन्दै हुनुहुन्थ्यो, यति खेरसम्म अमुक देश किन मौन बसेको हो ? यो मौनता मलाई ठ्याम्मै पचेन है । हामीलाई समर्थन चाहियो नि, हामी सडकमा गइरहेका छौं । एउटा देश चुप लागेर बस्न मिल्छ ? ’

प्रचण्डले केही समय अघि एक टेलिभिजन अन्तर्वार्तामा भारतले नेपालको मामिलामा बोल्नुपर्ने भन्दै सार्वजनिक रुपमा टिप्पणी दिएको ज्ञवालीले वताएका हुन ।

सोही विषयप्रति मन्त्री ज्ञवालीले असन्तुष्टि पोखे ।

घरभित्र समस्या आउन सक्छ तर छलफल गर्न सकिने वताउँदै उनले यस्तो कुरामा बाह्य शक्ति निम्त्याउनु दुःखद भएको उल्लेख गरे । ‘घरभित्र समस्या आउन सक्छ,’ उनले भने , ‘त्यस्तो कुरा बाहिर आइसकेपछि केही नेताहरुको कहिल्यै तृप्त नहुने महात्वाकांक्षा रहेको छ । यसमा जनता बलि चढ्दैनन् भन्ने विश्वास छ ।’

‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई गरेको बेला परराष्ट्रमन्त्री  ज्ञवालीको यस्तो भनाइ बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077