Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काेराेनाबाट १८ वर्षीय किशाेरकाे मृत्यु

    काेराेनाबाट १८ वर्षीय किशाेरकाे मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २१ पुष २०७७
  • 2.1K
    SHARES

    विराटनगर । सुनसरीमा काेराेना संक्रमणबाट १८ वर्षीय किशाेरकाे मृत्यु भएकाे छ ।

    उपचारको क्रममा मंगलबार बिहान सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको हाे ।



    उदयपुरको त्रियुगा नगरपालिका-११ का १८ वर्षीय किशाेरकाे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।



    उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

    कुनै पनि दीर्घ रोग नभएका ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे सात बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार