Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई रवीन्द्र मिश्रको आग्रह

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउन आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहद्वारा मंगलबार काठमाडौंमा आयोजित अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुस गरेको संसद विघटन संविधानसम्मत् नभएकाले बैठक बोलाउनु पर्ने बताए ।

‘यो संविधानमा कुल्चिएर गरिएको विघटन हो’, संयोजक मिश्रले भने, ‘प्रधानमन्त्रीले संविधान कुल्चिएको अवस्थामा सभामुखले म संविधानको पालना गर्छु भनेर प्रतिनिधिसभा बैठक बोलाएर अविश्वासको प्रस्तावमा छलफल गराउनु उपर्युक्त हुन्छ ।’

प्रधानमन्त्री ओलीले संविधानलाई कुल्चिएर प्रतिनिधिसभा विघटन गरेकाले संविधानको पालक सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077