Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • साउदीले कतारमाथिको नाकाबन्दी हटाएकोमा नेपालद्वारा स्वागत

    साउदीले कतारमाथिको नाकाबन्दी हटाएकोमा नेपालद्वारा स्वागत

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कतारमाथिको नाकाबन्दी हटाउने निर्णयको स्वागत गरेको हो ।

    कतारमाथि खाडी क्षेत्रको एक शक्तिशाली राष्ट्र साउदी अरेबियाले भूमि, हवाई र जल मार्गमा नाकाबन्दी लगाएको थियो । साउदी र उसनिकटका मुलुकहरूले कतारलाई असहयोग गरेपछि इरान, टर्कीजस्ता मुलुकहरूले साथ दिएका थिए ।



    गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को भेला सुरु हुनुअघि कतारमाथि लगाइएको नाकाबन्दीलाई हटाइने निर्णय गरिएको हो ।



    जीसीसीमा कतार, साउदी अरेबिया, यूएई, कुवेत, बहराइन र ओमान सदस्य छन् ।

    मन्त्रालयको विज्ञप्तिमा उक्त कदमले जीसीसीका सदस्य मुुलुकहरूबीच रहेको महत्त्वपूर्ण विषय हल गर्न र खाडी क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्ने उल्लेख छ ।

    साढे तीन वर्ष अघि कतारका छिमेकीहरूले  आतंकवाद बढाएको आरोप लगाएपछि विभिन्न प्रकारका प्रतिबन्ध लगाइएको थियो।

    साउदी अरबसँगै युएई, बहराइन र इजिप्टले पनि  व्यापार, कूटनीति र यात्रा प्रतिबन्धहरूमा  कतारलाई ‘घेरा हाल्ने’ काम गरेका थिए ।

    कतार एकदम सानो र धनी खाडी मुलुक हो, जसले जिहादी उग्रवादलाई बढावा दिने आरोपलाई सँधै अस्विकार गर्दछ। बीबीसीका संवाददाता फ्रान्क गार्डनरले कतारको प्रतिबन्ध केही महिनाको मध्यस्थता र लामो कूटनीतिपछि हटाएको बताएका छन्। कुवेतले यसमा ठूलो भूमिका खेलेको छ।

    बीसौं शताब्दीका पचासौं दशकसम्म कतार त्यस्तो धनी देश थिएन। तर कतारमा गत पचास बर्षमा तेल र ग्यासको ठूला स्टकहरू भेटिए, जुन पछि यसको मूल्य परिवर्तन भयो। आजसम्म कतारसँग विश्वको सबैभन्दा ठूलो ग्यास सञ्चय छ। यो यसको समृद्धिको कुञ्जी हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार