Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा दुई चिनियाँसहित ४ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरमा दुईजना चिनियाँ नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ ।

दुई जना चिनियाँ नागरिकलाई अपहरण गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३२ वर्षीय दावा पासाङ लामा र ३२ वर्षीय माईला भनिने भक्त लामालाई पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले चीनको आङ्गखोई उहु स्थायी बसोबास भई हाल काठमाडौं–१७ ठमेल बस्ने वु चाओ र चीनको सान्दोङ्ग छिन्दिय भर भई हाल ठमेल बस्ने राहदानी नम्बर ईबी ९४०९६३६ भएका चिनियाँलाई पनि पक्राउ गरेको छ।

गत पुस १९ गते काठमाडौं–९ गौशालाको तिलगंगास्थित आनन्द होटलबाट चाईनिज नागरिक लिउ वेइपिङ र ली सियाओनिङ अपहरणमा परेका थिए।

अज्ञात समूहले उनीहरुलाई नम्बर नखुलेको ट्याक्सीमा राखी सिन्धुपाल्चोकको मार्मीङसम्म पुर्‍याई बन्धक बनाएर कुटपिट समेत गरेको भनि पीडितका साथी चउ चफिङले महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी गराएका थिए ।

सोही सूचनाका अधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय चिनियाँ नागरिकहरु एटिएम ह्याकिङ देखी बिभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077