Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्वास्थ्य मापदण्ड अपनाएर माघ १ गतेबाट विद्यालय खोल्न अनुमति

काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रबक्ता ईश्वरमान डंगोलका अनुसार महानगरले जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खोल्न महानगरको भित्रका बिद्यालयलाई अनुमति दिएको हो ।

महानगरका विद्यालयले गत असारबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार अनलाइन कक्षा चलाइरहेका छन् ।

अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसकेको अभिभावकले बताउँदै आएका छन् । काठमाडौं महानगरले आफू मातहतको मेट्रो एफएममार्फत रेडियो कक्षा सन्चालन गरिरहेको छ ।

यहि माघ १ गतेदेखि काठमाडौं महानगरका सबै बिद्यालय सबैखाले मापदण्ड अपनाएर विद्यालय खोल्ने भएका छन् ।उपत्यकाका अन्य नगरपालिकाले पनि भौतिक कक्षा सञ्चालनका निम्ति अनुमति दिइसकेका छन्

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077