Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बुहारीलाई ४ वर्षदेखि पटक–पटक बलात्कार, ससुरा पक्राउ

    बुहारीलाई ४ वर्षदेखि पटक–पटक बलात्कार, ससुरा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 2.9K
    SHARES

    स्याङ्जा । जिल्ला प्रहरी कार्यालाय स्याङ्जाले बुहारीमाथि बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ।

    २१ वर्षीया बुहारीमाथि ४ वर्षदेखि निरन्तर बलात्कार गरेको आरोपमा ६० वर्षीय ससुरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बुहारीले बिहीबार जाहेरी दिएपछि बिहीबार उनलाई पक्राउ गरिएको हो ।



    ‘ती महिलाको १६ वर्षको उमेरमा विवाह भएको रहेछ। दुई वर्ष भारतमा परिवारसहित बसिन्,’ एसपी बोगटीले भने, त्यहाँ हुँदादेखि नै बलात्कार गर्ने गरेको बताएकी छन्। सामाजिक डर, सुध्रिन्छ कि भनेर, लाजका कारण लुकाएको बुझिन्छ,’ उनले भने।

    थप अनुसन्धान गर्न स्याङ्जा जिल्ला अदालतबाट हिरासतमा राख्न पाँच दिनको अनुमति लिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार