Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

    बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० माघ २०७७
  • 2.4K
    SHARES

    भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ एक जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिकाका ५९ वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ।

    भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुराले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए।



    ती पुरुषले माघ १५ गते घरमा कोही नभएको मौका छोपी आफूलाई बलात्कार गरेको पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन्। वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीलाई सोमबार साँझ घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा पठाएको थियो ।



    जाहेरीका आधारमा प्रहरीले ससुरामाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार