Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्डोनेशियामा विमान दुर्घटनाग्रस्त क्षेत्र पत्ता लाग्यो

एजेन्सी। इन्डोनेशियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानको दुर्घटनाग्रस्त भएको ठानिएको क्षेत्र पत्ता लागेको बताएका छन्।

श्रीविजया एयरजेटको उक्त बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए।

उक्त विमान देशको पश्चिम कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको चार मिनेटमै रेडारको सम्पर्कबाट बेपत्ता भएको थियो।

विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन भएका छन्।विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन्।

शनिवार राति खोजी र उद्धारका प्रयासलाई रोकिएको भए पनि आइतवार बिहानैबाट निरन्तरता दिइएको छ।श्रीविजया एअरको उक्त विमान जकार्ता विमानस्थलबाट शनिवार दिउँसो स्थानीय समयानुसार १४:३६ बजे उडेको थियो।

जकार्ताबाट पश्चिमी बोर्नियो टापुस्थित पोन्टिआनक पुग्न सामान्यतया विमानमा ९० मिनेट लाग्छ।राष्ट्रिय खोजी तथा उद्धार निकाय एअर मार्शल बागुस पुरुहितोका प्रमुखका अनुसार विमानले कुनै आपत् परेको सङ्केत पठाएको थिएन।

प्रत्यक्षदर्शीहरूले उनीहरूले कम्तीमा एउटा विस्फोटन सुनेको र देखेको बताएका छन्।सोलिहिन नाम गरेका माझीले बीबीसी इन्डोनेशिया सेवालाई आफूले दुर्घटना देखेको र आफ्नो जहाजका कप्तानले समुद्रबाट जमिनमा फर्किने निर्णय गरेको बताएका छन्।

'विमान समुद्रमा चट्याङ परे जसरी खस्यो र पानीमा विस्फोट भयो,' उनले भने, 'त्यो घटना हामी नजिकै भएको थियो।'

विमान हराएको क्षेत्रनजिकै टापुमा बस्ने केही स्थानीय बासिन्दाले बीबीसीलाई आफूहरूले केही सामग्री फेला पारेको र त्यो विमानको भएको ठानेको बताएका छन्।

विमानमा सात बालबालिका र तीन शिशुसहित ५० जना यात्रु र चालक दलका १२ सदस्य रहेको ठानिएको छ। विमानको क्षमता भने १३० यात्रुको थियो।

अधिकारीहरूका अनुसार विमानमा सवार सबै इन्डोनेशियाली नागरिक नै थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077