Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उमेरले छोरी समानकी मिस मंगोलसँग लगनगाँठो कस्दै मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्ने भएका छन् ।

स्रोतका अनुसार मुख्यमन्त्री राईले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गर्दैछन्। उमेरले ज्याङ्मु राईभन्दा धेरै कान्छी हुन् ।

मुख्यमन्त्री राईले पाँच दशक पार गरिसकेका छन् भने ज्याङ्मु तीस पनि पुगेकी छैनन् ।

ज्याङ्मु र मुख्यमन्त्री राई एक बर्षदेखि प्रेममा रहेको पनि स्रोतको दावी छ ।

ज्याङ्मु मिस मंगोल नेपाल–२०१८ उपाधि जितेसँगै चर्चामा आएकी थिइन्।

आफ्नै दलका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेर राजनीतिक तनाव दिइरहेका बेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले व्यक्तिगत जीवनलाई नयाँ मोड दिने भएका हुन्।

७ माघका लागि प्रदेश सभा डाकेका उनको पद रहने नरहने भन्ने टुंगो नभए पनि बिहेको टुंगो लागेको छ। मुख्यमन्त्री राईले बिहे गर्न लागेको सचिवालयले जनाएको हाे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077