Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीेले भने ‘न्यायाधीशहरूलाई भेट्न त के चिनेको पनि छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् ।

शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले भने–‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन । अह, सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरु देखेको पनि छैन, शायद चिनेको पनि छैन ।’

शुक्रबार विभिन्न अनलाईन सञ्चारमाध्यमहरुमा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतका चार न्यायाधीशहरुलाई भेटेको भन्दै समाचार प्रकाशित गरेका थिए ।

यस विषयमा सर्वोच्च अदालतले पनि विज्ञप्ति जारी गरी खेद ब्यक्त गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सर्वोच्चमा परेको रिटको सुनुवाई भइरहेका बेला यस्तो समाचार आएको थियो ।

झुट बोल्ने कर्तब्यको ठेक्का लिएर बसेको एउटा पत्रिकामा प्रचण्ड–नेपाल समूहले समाचार प्रकाशित गरेर न्यायपालिकामाथिको हमला गरेको भन्दै प्रधानमन्त्री ओलीले भने–‘हिजै सर्वाेच्चले खण्डन जारी गरि सक्दा पनि आज फेरि त्यहि समाचार छाप्दा लाज पनि लाग्नु पर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077