Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फुटबल एकेडेमी सञ्चालन गर्दै नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच आइतबार भएको सम्झौता अनुसार काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलमा एकेडेमी सञ्चालन गर्ने भएको हो ।

प्रहरी महानिरिक्षक शैलेश थापाको उपस्थितिमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रहरी अतिरिक्त महानिरिक्षक निरजबहादुर सिंहबीच नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सहमति अनुसार पुलिस स्कुलमा २१ जनालाई एकेडेमीमा राखिनेछ । जसमा पुलिस स्कुलले ७, एन्फाले देशभरबाट छनोट गर्ने ७ खेलाडी छनोट गर्नेछ ।

पुलिसले ७ र एन्फाले ७ खेलाडीको सम्पूर्ण खर्च बेहोर्ने बताइएको छ । बाँकी ७ जनाले तोकिएको शुल्कसहित एकेडेमीमा बस्न पाउनेछन् । एन्फाले एकेडेमी सञ्चालनका लागि प्राविधिक सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077