Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मध्यभोटेकोसी घूस प्रकरणमा अख्तियारले थाल्यो छानबिन

काठमाडौँ । मध्यभोटेकोसी घूस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेकाे छ। आयोगले निर्माणधीन मध्यभोटेकोसी जलविद्युत् कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितका प्राविधिक कर्मचारीले चिनियाँ ठेकेदार कम्पनीसँग घूस लिएको अडियो रेकर्ड प्रकरणमा छानबिन सुरु गरेको छ ।

केही कागजपत्रसमेत लगेको अख्तियारले घूस प्रकरणलाई भ्रष्टाचारजन्य विषय भन्दै छानबिन सुरु गरेको हो । ‘भोटेकोसीको अनियमिततामाथि प्रारम्भिक छानबिन सुरु भएको हो,’ अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले भने । संरचनाको गुणस्तर भने विशेषज्ञ टोलीले छानबिन गर्ने भएको छ ।

चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् कम्पनीका तत्कालीन सीईओ मणिकुमार काफ्ले, चिनियाँ ठेकेदार कम्पनी हाइड्रो इलेक्ट्रिक ग्वान्सिङ कन्ट्रक्सन ब्युरोका नेपाली प्रतिनिधि गोविन्द पौडेल र परामर्शदाता कम्पनी ट्रयाक्टेबल इन्जिनियरिङ जीएमबीएचका इन्जिनियर दिनेश भण्डारीले गरेको आर्थिक लेनदेनको कुराकानीको अडियो सार्वजनिक भएको थियो ।

आयोजनाको संरचनाको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला बाँध निर्माण भएको एक वर्ष नपुग्दै भत्केको घटनासमेत उजागर भएको थियो । स्रोतका अनुसार भोटेकोसीका विषयमा सञ्चारमाध्यममा आएका भ्रष्टारजन्य सन्दर्भलाई समेत आधार बनाएर छानबिन गरिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077