Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मिटरब्याज चलाउने गिरोहका नाइके धरौटीमा रिहा

विराटनगर । विराटनगरमा मिटरब्याज सञ्चालन गर्दै आएको गिरोहका नाइके एजाज अहमद धराैटीमा रिहा भएका छन्। जिल्ला अदालत मोरङले पाँच लाख धरौटीमा अहमदलाई छाड्न आदेश दिएको छ ।

संगठित रुपमा मिटरब्याजको कारोबार गर्दै आएको आरोपमा अहमद पक्राउ परेका थिए। विराटनगर महानगरपालिका–९ घर भएका एजाज मिटरब्याजमा लगानी गर्ने र जबरजस्ती रकम असुल गर्ने गिरोहका नाइके हुन् ।

एक वर्षअघि विराटनगरकै एक ३२ वर्षीय पुरुषलाई १५ लाख रुपैयाँ ऋण लगानी गरेका एजाजको समूहले अपहरण शैलीमा लगेर एक करोड १० लाखको छुट्टाछुट्टै चेक बनाएर छाडेको थियो।

१५ लाख रुपैयाँको सावाँ–ब्याज गरी १७ लाख रुपैयाँ बुझाएका ती पुरुषबाट जबरजस्ती ५० लाख र ६० लाखको चेकमा हस्ताक्षर गर्न लगाई चेक लिएर गएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी परेको थियो ।

६ पुसमा एजाजलाई घरबाटै पक्राउ गरेको प्रहरीले उनीसहित चार जनाविरुद्ध सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत मोरङमा ‘आपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077