Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रदेश सरकारबिरुद्ध अविश्वास प्रस्ताव : थप तीन जना शेरधन राईको कित्तामा

काठमाडौं । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश १ का ३ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् ।

सांसदहरु झापाकी जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनु उपयुक्त नठानेको भन्दै फिर्ता लिएको बताएका छन् ।

उनीहरुले प्रदेशसभाका सचिवलाई पत्र लेखेर भनेका छन् ‘प्रदेश सरकारका विरुद्ध त्यहाँ कार्यालयमा दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षरकर्ता सांसदहरु मध्ये हामी निवेदकहरुको समेत हस्ताक्षर रहेको र नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांदसहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त ठानेनौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077