Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केयूको उपकुलपतिमा माकाजुसहित तीन जनाको नाम सिफारिस

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले प्रा.डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

काठमाडौं विश्वविद्यालयमा दुई कार्यकाल उपकुलपति भइसकेका माकाजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुईंटेलको नाम कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरिएकाे हाे

सोमबार शिक्षा मन्त्रालयमा बसेको सर्च कमिटिको बैठकले माकाजु, थापा र लुईंटेलको नाम सिफारिस गरेको एक सदस्यले बताए ।

विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन गरेका थिए । कमिटि सदस्यमा विश्वविद्यालयका पुर्व उपकुलपति सुरेशराज शर्मा र बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगाना छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077