Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्सा अनुसार क्षेत्रफल मिलाउन भन्दै घुस माग्ने मालपोतका दुई कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घुस माग्ने मालपोतका दुई जना कर्मचारीलाई ४० हजार घुससहित पक्राउ गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा स्टिङ अप्रेसन गरी आयोगले नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठलाई पक्राउ गरेको हो ।

आयोगका अनुसार उनीहरुले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घुस रकम माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077