Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रधानमन्त्री ओली जनता र संविधान दुवैका हत्यारा हुन् : राजेन्द्र महतो

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली महाप्रतिगमनकारी भएको आरोप लगाएका छन्।

जनता समाजवादी पार्टी सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले महाप्रतिगमन गरेको दावी गरे ।

‘हामी अधिकारको माग गर्दा बल प्रयोग गरेर संविधान ल्याइ पहिलो पटक भएको प्रतिगमनमाथि पुस ५ गते संसद् विघटन गरेर महाप्रतिगमन भयो । ओली महाप्रतिगमनकारी हुन्,’ महतोले भने ।

‘ओलीले अधिकार माग्दा मधेसी जनतामाथि गोली वर्षाएर हत्या गरे । अहिले संविधानकै हत्या गरे,’ महतोले भने, ‘उनी संविधान र जनता दुवैका हत्यारा हुन् ।’ ओलीको पतन जरुरी भएको बताउँदै महतोले संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आफूहरु आन्दोलनमा होमिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077