Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • केपीका ‘साइबर स्याल’हरुलाई छोएर देखाउन प्रचण्डको चुनौती

    केपीका ‘साइबर स्याल’हरुलाई छोएर देखाउन प्रचण्डको चुनौती

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीका साइबर स्यालहरुले धम्की दिएको भन्दै त्यसको कडा शब्दमा भत्सर्ना गरेका छन् ।

    आफ्नो समूहले काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने–‘केपी ओलीका साइबर स्यालहरुले आजको कार्यक्रममा आउने कर्मचारीहरुको रेकर्ड राख्ने रे । त्यस्ता कर्मचारीहरुलाई कारबाही गर्ने भनेर धम्की दिएको मैले सुने । लौत छोएर देखाउ । तपाईहरुको छिसिक्क रौं मात्र हल्लियो भने पनि त्यसको संरक्षण हामी गर्ने छौं ।’



    संविधान ध्वस्त पर्नेले कारबाही गर्ने ? भन्ने प्रश्न गर्दै अध्यक्ष प्रचण्डले भने–‘अदालतका पूर्व प्रधानन्यायाधीस, न्ययाधीसदेखि लिएर नागरिक समाज र वकिलहरुले समेत ओलीको कदम प्रतिगमन नै हो संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरियो भन्दा तिनलाई गाली गर्ने, पत्रकारहरुले सत्यको पक्षमा समाचर लेख्दा पनि गाली गर्ने केपी ओली समूले खरानी घसेको देख्दा मलाई लाज लागेको छ ।’



    आफूहरुले अदालतप्रति भरोसा गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले भने–‘केपीको सनकको भरमा उनको निरंकुशतालाई कसैले पनि साथ दिन्छ भनेर हामीले भरोषा गर्दैनौं । तर, आज काठमाडौंमा उर्लेको जनसागरले जनताको भावना के छ भन्ने देखाउँछ ।’

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकिएको स्वीकार गरे ।

    वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै उनले भने–‘हामी घोषणापत्रमा भने जस्तो गर्न प्रयास गरिरहेका छौं । प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्तिलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार