Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एमसीसीको नाराबारे यसरी मुख खोले प्रचण्डले

    एमसीसीको नाराबारे यसरी मुख खोले प्रचण्डले

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारको आमहडताल सफल भएको बताउँदै तोकिए भन्दा फरक नारा लगाइयो बताएका छन् ।

    हिजो आन्दोलनमा उत्रिएका बेला ‘एमसीसी चाहिंदैन’ भन्ने नारा लाग्दा अग्र पंक्तिमा रहेका प्रचण्ड चुप बसेको भिडियो अहिलले भाइरल बनेको छ ।



    एमसीसीको विरोधमा नारा लागेपछि दाहाल झस्किए र सँगै रहेकी नेत्री पम्फा भुसाललाई अहिले उक्त नारा लगाउनु ठीक नभएको संकेत गरेको प्रष्ट देखिन्थ्यो ।



    उद्घोषकले ‘एमसीसी चाहिँदैन’ भन्दा अन्य नेता–कार्यकर्ताले समर्थन गर्दै ‘चाहिँदैन । चाहिँदैन ।’ भने पनि दाहाल भने मुन्टो तल झारेर चुप बसेका थिए ।

    त्यसपछि उद्घोषकले फेरि नारा चर्काएर ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भनेपछि दाहाल कुनै पनि नारा नलगाईकन आफूलाई ढिलो भएको संकेत गर्दै नेताहरुसँग बिदा मागेर हिँडेका थिए।

    प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेको आन्दोलनबारे जानकारी दिन शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलन उनले एमसीसीबारे पार्टीले अन्तिम निर्णय गरिनसकेको बताए ।

    उनले भने–‘संवैधानिक परिषद्‍मा भएको ज्यादतीपूर्ण नियुक्तिको विषयमा आन्दोलन हो यो । यो बेलामा १० थरीका नारा लगाउनुभन्दा जे कार्यक्रम हो, त्यससम्बन्धी नारा लगाउन भनिएको हो । एउटा विषयमा प्रतिवाद गर्न बोलाइएको छ, अर्को १० थरी नारा लगाउँदा उपलब्धि हुँदैन । संघर्ष समितिले लगाएको एउटा नारा छ तर अर्को नारा लगाइयो ।’

    मुलुकमा चलिरहेको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको बताउँदै उनले भने–‘अहिलेको प्रतिगमनविरुद्ध आगामी दिनमा पनि जनताको सहभागितामा आमहडताल हुन्छ । हामी लोकतन्त्र र संविधानको पक्षमा संघर्षको मैदानमा पुनः एक पटक छौं । लोकतन्त्रको रक्षाका जस्तो पनि मूल्य चुकाउन तयार छौं । आत्मसमीक्षा भने गर्ने छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार