Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

'ओली सरकारको असंवैधानिक निर्णयसामू अदालतले घुँडा टेक्नु हुँदैन'

झापा । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी सर्वोच्च अदालत समक्ष रहेकाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक निर्णयसामू घुँडा टेक्न नहुने बताएका छन् ।

शुक्रबार झापाको बिर्तामोडमा भएको कार्यक्रममा नेता सिटौलाले न्यायाधीशहरुलाई पनि संविधानको भावनाविपरीत हुनेगरी व्याख्या गर्ने अधिकारी नभएकाले संविधानको रक्षा गर्नुपर्ने बताए ।

‘सर्वोच्चले प्रधानमन्त्री ओलीको निर्णयसामू घुँडा टेक्यो भने मुलुकको अवस्था कस्तो हुन्छ? निर्वाचन आयोग, अख्तियार, लोकसेवा आयोग, प्रहरी प्रशासन, प्रशासनिक निकायहरु कसरी चल्लान्? उनीहरुले गर्ने निर्णय कस्तो होला?,’ नेता सिटौलाले भने, ‘हामीलाई विश्वास छ । न्यायाधीशहरुले यी कुराहरु राम्ररी बुझ्न सक्छन् ।’

‘हामीले संविधानमा स्वतन्त्र न्यायालयको व्यवस्था गरेका छौं । प्रनितिधिसभाले गर्ने गलत निर्णय सच्याउने अधिकार अदालतलाई छ । त्यस्तै अदालतलाई गतल निर्णय गर्न नदिने गरी अनुगमन गर्ने अधिकार संसद्लाई पनि छ’ उनले भने । थपे, ‘त्यसैले प्रतिनिधिसभा जनताको सर्वोच्च निकाय हो । यो निकाय कसैको व्यक्तिगत स्वार्थ वा एकल निर्णयले विघटन हुन सक्दैन ।’ ओलीको कदम संविधानअनुसार भए–नभएको स्वायम् ओली र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राम्ररी जानकारी रहेको उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077