Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कतार प्रहरीमा पठाउन अवैध अन्तर्वार्ता लिने म्यानपावरमा विभागको छापा

काठमाडौं । वैदेशिक रोजगार विभागले सिनामंगलस्थित कल्याण सेक्युरिटी सर्भिस प्रालि एण्ड मल्टी ट्रेनिङ प्रालिमा छापा मारेको छ । कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा भारत हुँदै अवैध रुपमा नेपाली युवाहरुलाई कतार पठाउन अन्तर्वार्ता लिएको सूचनाको आधारमा विभागले छापा मारेको हो ।

विभागले उक्त सेक्युरिटीबाट दुई वटा रजिष्टर, एउटा कम्प्युटर ९सीपीयू०, करिब दुई दर्जन युवाको राहदानीको फोटोकपी लगायतका कागजपत्र बरामद गरेको छ।

विभागले डिमाण्डको पूर्व स्वीकृति नलिई अवैध रूपमा कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको अवस्थामा केहि म्यानपावरमा छापा मारेको थियो। विभागले छापा मार्दा अन्तर्वार्ता लिइरहेको तथ्य भेटेपछि ती म्यानपावरहरुको कारोबार ६ महिनाका लागि रोक्का गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077