Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कतार प्रहरीमा पठाउन अवैध अन्तर्वार्ता लिने म्यानपावरमा विभागको छापा

    कतार प्रहरीमा पठाउन अवैध अन्तर्वार्ता लिने म्यानपावरमा विभागको छापा

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । वैदेशिक रोजगार विभागले सिनामंगलस्थित कल्याण सेक्युरिटी सर्भिस प्रालि एण्ड मल्टी ट्रेनिङ प्रालिमा छापा मारेको छ । कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा भारत हुँदै अवैध रुपमा नेपाली युवाहरुलाई कतार पठाउन अन्तर्वार्ता लिएको सूचनाको आधारमा विभागले छापा मारेको हो ।

    विभागले उक्त सेक्युरिटीबाट दुई वटा रजिष्टर, एउटा कम्प्युटर ९सीपीयू०, करिब दुई दर्जन युवाको राहदानीको फोटोकपी लगायतका कागजपत्र बरामद गरेको छ।



    विभागले डिमाण्डको पूर्व स्वीकृति नलिई अवैध रूपमा कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको अवस्थामा केहि म्यानपावरमा छापा मारेको थियो। विभागले छापा मार्दा अन्तर्वार्ता लिइरहेको तथ्य भेटेपछि ती म्यानपावरहरुको कारोबार ६ महिनाका लागि रोक्का गरेको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार