Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • करोडौं ठगीको आरोपमा ‘विस म्यानपावर’को लाइसेन्स खारेज

    करोडौं ठगीको आरोपमा ‘विस म्यानपावर’को लाइसेन्स खारेज

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । वैदेशिक रोजगार विभागले करोडौं रूपैयाँ ठगी गरेको भन्दै एक मेनपावर कम्पनीको लाइसेन्स खारेज गरेको छ ।

    विभागले ४३ जनासँग तीन करोड ८२ लाख रुपैयाँ ठगी गरेको आरोपमा म्यानपावर कम्पनी विस एचआर सेलुसनको लाइसेन्स खारेज गरेको हो ।



    उक्त मेनपावरले पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका पठाइदिने भन्दै ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ ठगी गरेको थियो ।



    विभागले विस म्यानपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो ।

    विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम त्यस रकमको हर्जाना, बिगो र सोको ५० प्रतिशतले हुन भराइ पाउनुपर्ने मागदाबी लिई न्यायाधिकरणसमक्ष अभियोगपत्र दायर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार