Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

काठमाडौंमा लुटपाट गर्ने २ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा लुटपाट गर्ने २ जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेहरूमा काठमाडौं दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङको जयपृथ्वी नगरपालिका–१ घर भएका सुनिलबहादुर सिंह र दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढी घर भएका कृष्णबहादुर श्रेष्ठ रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएकाे छ।

सुनका गरगहना तथा धनमाल लुटपाटमा संलग्‍न रहेको आरोपमा दुई उनीहरूलाई पक्राउ गरेको हाे।

काठमाडौं स्युचाटारस्थित एक घरमा माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्‍न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा.३ च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077