Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै वामदेव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षाका लागि भन्दै आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दैछन् ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अलगअलग समूह बनाए पनि समूहगत विभाजन नभइ मौन बसेका गौतमले आज एकता अभियानको घोषणा गर्न लागेका हुन्।

पार्टी एकता रक्षाका लागि नेतृत्वलाई दवाव दिने उद्देश्यले एकता अभियान घोषणा गर्न लागेको उपाध्यक्ष गौतमले बताए ।

पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै गौतमको सचिवालयले त्यही माग र चाहनालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गर्न लागिएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077