Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि संयुक्त सरकारका लागि छलफल हुन्छ'

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि सबै विपक्षी दलसँग छलफल गरेर नयाँ संयुक्त सरकार बनाइने बताएका छन्।

विराटनगरमा बुधबार पत्रकार सम्मेलनमा नेता आचार्यले पहिले अविश्वासको प्रस्ताव पारित हुने र त्यसपछि मात्रै नयाँ सरकारका लागि छलफल गरिने बताए ।

आचार्यलाई दलको नेता बनाएर नेकपाका ४२ सदस्यले मुख्यमन्त्री राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश गरेका छन्। जसमध्ये ५ जनाले नाम फिर्ता लिइसकेका छन्।

आचार्यले तत्काल अविश्वासको प्रस्तावको पक्षमा ३७ जना देखिएको भएपनि आधा दर्जनभन्दा बढी नेकपाका सांसद आफूतिर आउने दाबी गरे। उनले प्रधानमन्त्री ओलीको कृत्यले नेकपाका सांसदहरू जनताका अगाडि मुख देखाउन लायक नभएको आरोप समेत लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077