Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रचण्डलाई टक्कर दिन चितवन आउँदै ओली, सुरक्षा व्यवस्था कडा

    प्रचण्डलाई टक्कर दिन चितवन आउँदै ओली, सुरक्षा व्यवस्था कडा

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.5K
    SHARES

    चितवन।  दुई विकास आयोजनाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज चितवनको भरतपुर आउँदै छन् ।

    ओलीले आज सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्यास गर्ने वताइएको छ । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडकसँगै चार बिघा चार कट्ठा जमिनमा सिटीहल निर्माणको काम सुरु भएको छ । संघिय सरकारको बजेटबाट सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले बोलपत्र आह्वान गरी आयोजना अघि बढाएको हो ।



    यस्तै नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्मको छ लेन सडक दुई वर्ष चार महिनाभित्र बनिसक्ने गरी रु एक अर्ब १२ करोडमा ठेक्का लगाइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त सडक खण्ड भरतपुर र नारायणगढको मुख्य शहरी क्षेत्रमा पर्दछ । यी दुवै आयोजनाको काम सुरु भइसकेको छ ।



    भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न १२ः ३० बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री इश्वर पोखरेल गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरु चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भरतपुरका विभिन्न क्षेत्रमा आवश्यक सुुरक्षाकर्मी परिचालन गरिएको वताए ।

    प्रधानमन्त्रीको शिलान्यास कार्यक्रमप्रति नेकपाको प्रचन्ड –नेपाल समूहको चितवन जिल्ला कार्यसमितिले  विरोध जनाएको छ । शिलान्यास कार्यक्रम ‘नौटंकीयुक्त कार्य’ भन्दै यसको विरोध गर्ने पार्टीका जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजित र सचिव कृष्णभक्त पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले  स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप भएको  वताएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार