Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

चीन र जापानलाई अस्वीकृत गर्दै भारतीय कम्पनीलाई दिइयो तल्लो अरुण निर्माणको जिम्मा

काठमाडौं । भारतीय कम्पनी सतलजले ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा पाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो राति बसेको लगानी बोर्ड बैठकले अरुणको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय गरेको हो ।

बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत बनाउने, स्वामित्व लिने, सञ्चालन गर्ने र हस्तान्तरण गर्ने ९बुट मोडल० मा विकास गर्न सतलज लिमिटेड भारतलाई छनोट गर्ने निर्णय गरेको छ ।’

कूल ६ सय ७९ मेगावाट जडित क्षमतामा निर्माण गर्न सकिने यो परियोजना संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुनेछ ।

सरकारले २०७५ चैतमा काठमाडौंमा गरेको लगानी सम्मेलनमा तल्लो अरुणलाई सोकेस परियोजनाको रुपमा राखिएको थियो ।

लगानी सम्मेलनको क्रममा विभिन्न कम्पनीहरुले परियोजना निर्माणमा इच्छा देखाएको भए पनि बोर्डले तीन वटा कम्पनीसँग प्रस्ताव माग गर्ने निर्णय गरेको थियो ।

गत मंसिरमा बोर्डले यो आयोजना निर्माणको इच्छा देखाएका तीन वटा कम्पनीसँग प्रस्ताव माग गरेको थियो । आयोजना निर्माणमा ईच्छा देखाएकामध्ये भारतको सतलज लिमिटेड, नेपालको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टसँग जेभी रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेपालको ग्रीन रिसोर्ससँग जेभीमा जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी (जेपावर) नेपालसँग प्रस्ताव माग गर्ने निर्णय गरेको थियो ।

सतलज लिमिटेड भारतको सरकारी स्वामित्व भएको कम्पनी हो । सतलजले अहिले अहिले ९ सय मेगावाटको अरुण तेस्रो विद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यद्यपी लगानी सम्मेलनको क्रममा पावर चाइना कम्पनीका महाप्रबन्धक सङ दोङसेङले तल्लो अरुण बनाउने घोषणा गरेका थिए ।

सतलजले आयोजना २५ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् भारतमा लैजाने योजनासहित सतलजले निर्माण थालेको हो । अरुण तेस्रोबाट उत्पादित २१.९ प्रतिशत विद्युत भने नेपालले निःशुल्क प्राप्त गर्ने प्रावधान आयोजना विकास सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077