Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

किन लागूऔषधको कारोबारमा प्रयोग हुन्छन् भर्खरका युवतीहरु ?

काठमाडौं । पछिल्लो समय पैसा कमाउनकै लागि भर्खरका युवतीहरु लागूऔषधको कारोबारमा सक्रिय हुन थालेको पाइएको छ।

कतिपय गिरोहले भने युवतीलाई प्रयोग गरेर पैसा कमाइरहेको पनि प्रहरी अधिकारीहरु नै वताउँछन्।

महानगरीय प्रहरी वृत्त गौशालाले सिन्धुलीकी युवतीसहित लागूऔषध कारोबार अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

गौरीघाटमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायव निरीक्षकको कमाण्ड खटिएको टोलीले मंगलबार दिउँसो एक बजे विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुली बेलबारी घर भई काठमाडौं महाराजगञ्ज बस्ने २३ वर्षीया सविना कार्की पक्राउ परेकी छन् । उनी सेवन भन्दा पनि पैसाकै लागि लागूऔषध कारोबारमा संलग्न रहेको खुलेको छ।

यस्तै, मोरङ उर्लावारी घर भई काठमाडौं महानगरपालिका गौरीघाट बस्ने ४० वर्षीय अम्बर बर्देवा, धादिङ गल्छी घर भई काठमाडौं सतुङ्गल बस्ने ३१ वर्षीय राजु अधिकारी, मकवानपुर घर भई काठमाडौं थानकोट बस्ने ४२ वर्षीय कालु गोरे पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट पोल्याण्ड तीन किलो, नगद रु २० हजार २ सय ५०, प्र–०२–०१७प७९५० नम्बरको मोटरसाइकल एक थान र मोबाइल पाँच थानसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077