Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितानिवास प्रकरण : भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङ अदालतमा उपस्थित

    ललितानिवास प्रकरण : भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङ अदालतमा उपस्थित

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ । ललितानिवास जग्गा हिनामिना मुद्दामा भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक तथा व्यवसायी मीनबहादुर गुरुङ अदालत उपस्थित भएका छन् ।

    उनीमाथि ललितानिवास जग्गा हिनामिनाको अभियोग लागेको करिब एक वर्षपछि बुधबार विशेष अदालत उपस्थित भएका हुन् ।



    विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङको बयान लिई थुनछेक आदेश दिनेछ ।



    उनीविरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सो सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन उनले आर्थिक लगानी गरेको र पछि आफ्नै नाममा ल्याएको आयोगको छानबिनमा भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार