Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संवैधानिक निकायको नियुक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संवैधानिक निकायमा सरकारले गरेको नियुक्ति तथा सपथ ग्रहणको विरोध गरेको छ। बुधबार अख्तियारसहित संवैधानिक निकायका पदाधिकारीलाई शितल निवासमा सपथ ग्रहण गराइएको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्वीट गर्दै भनेका छन्,'दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरूद्ध संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी ।'

संवैधानिक परिषद र संवैधानिक निकायमा भएको सिफारिसको विवाद यथावस्थामै रहिरहँदा सरकारले संवैधानिक आयोगको नियुक्तिलाई पूर्णता दिएको थियो।

कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथ ग्रहणले विधिको उल्लंघन गरेकाले यसमा पार्टीको विमति रहेको जनाएको छ।

https://twitter.com/bishwaprakash77/status/1356915096090382339

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077