Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपाले बहुमतको रक्षा गर्न नसक्दा देशमा संकट आयोः रामचन्द्र पौडेल

पाल्पा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताले दिएको बहुमतको रक्षा गर्न नसकेको बताएका छन् ।

पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाली जनताले नेकपालाई बहुमतले जनमत दिएर पठाए पनि जनमतको रक्षा गर्न नसकेको बताए ।

प्रतिनिधिसभा विघटनले देशमा अन्यन्तै ठूलो विषम परिस्थिति सिर्जना भएको र जनतामा निराशा छाएको उनको भनाइ थियो ।

बहुमतको प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको प्रावधान संविधानमा नभएको जिकिर गर्दै उनले विश्वासको मत लिन नसकेका अवस्थामा मात्र विघटन गर्ने अधिकार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077