Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५ हजार रूपैयाँ घुससहित लेखापढी व्यवसायी पक्राउ

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीबाट एकजना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेखापढी व्यवसायी अरुणकुमार यादव रहेका छन् । अख्तियारको इटहरीबाट खटिएको टोलीले यादवलाई शुक्रबार पक्राउ गरेको हो ।

आयोगका अनुसार यादवले कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयमा सेवाग्राहीसँग १५ हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

जग्गाको नक्सा मिलाई दिने नाममा उनले सेवाग्राहीसँग घुस लिएको बताउँदै आयोगले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077