Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा नेकपा नेतृ भुसालको आपत्ति

काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा आपत्ति जनाएकी छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला नबनाएको टिप्पणी गरेकी छिन्।

उनले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने धारणा राख्दै यस्तो बताएकी हुन्।

भुसालले लेखेकी छन्, ‘नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला र बाँकी महिलाहरु दोश्रो बनाएको छैन है। लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077