Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेकपाभित्रको विवादले मुख्यमन्त्री राईविरूद्धको अविश्वासको प्रस्ताव टेबल हुन पाएन

काठमाडौं । आज दुई बजेका लागि बोलाइएको प्रदेश १ संसद्को बैठक अझै सुरु हुन सकेको छैन।

११ बजेदेखि जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाका दुई समूहको कुरा नमिल्दा बैठक ढिलाइ भएको हो।

मुख्यमन्त्री शेरधन राईविरूद्ध उनकै दलका बहुमत सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव टेबल हुने भनिएको आजको बैठक अहिलेसम्म शुरु हुन नसकेको हो ।

कार्यव्यवस्था बैठकमा मुख्यमन्त्री शेरधन राई पक्षले आफूले निलम्बन सिफारिस गरेका १६ सांसदलाई प्रवेश दिन नहुने अड्डी लिइरहेको छ भने अर्को पक्षले अविश्वास प्रस्ताव छल्न ओली पक्षले अराजनीतिक अडान देखाएको बताइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077