Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लाइसेन्स बनाइदिन्छु भनी ठगी गर्ने पक्राउ

    लाइसेन्स बनाइदिन्छु भनी ठगी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ माघ २०७७
  • 2.3K
    SHARES

    सांकेतिक तस्विर

    कास्की । सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने स्याङ्जा वालिङ नगरपालिका–१ घर भएका ४९ वर्षीय खगेन्द्र प्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।

    मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेडका संचालक काफ्लेले सजिलै लाइसेन्स निकालिदिन्छु भन्दै ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।



    उनको साथबाट लाइसेन्स निकालिदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग लिएको कागजपत्र, लाइसेन्स ३ थान, विभिन्न नमूना प्रश्नपत्र र नगद ८९ हजार ६ सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।



    जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार