Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सरकारले जनचाहनाअनुसार काम गर्न पाएनः उद्योगमन्त्री भट्ट

धनगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वर्तमान राजनीतिक परिस्थिति उपज व्यक्तिवादी सोच भएको बताएका छन् ।

आज कैलालीको सुखडमा नेकपा घोडाघोडी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री भट्टले स्पष्ट बहुमत भएको सरकारले जनचाहनाअनुसार काम गर्न नपाएको गुनासो गरे ।

निर्वाचनका लागि जनतामाझ जाने कुरालाई प्रतिगामी कदम भनेर हल्ला फैलाउनु गलत भएको उनको तर्क थियो ।

त्यस्तै कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राजनीतिक एजेण्डाभन्दा पनि व्यक्तिगत स्वार्थ नमिलेर वर्तमान अवस्था सिर्जना भएको दावी गरे ।

कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले पार्टीले अब गति लिने विश्वास व्यक्त गरे

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077