Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • केपी ओली पाप पखाल्न पशुपतिनाथ पुगे : माधव नेपाल

    केपी ओली पाप पखाल्न पशुपतिनाथ पुगे : माधव नेपाल

    पशुपतिनाथले पापी र अधर्मीलाई माफी गर्दैनन्

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले रक्षा नगर्ने बताएका छन् ।

    प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले पशुपतिनाथले पापी र अधर्मीलाई रक्षा नगर्ने भएकाले  पशुपतिनाथले ओलीलाई माफी नगर्ने बताए ।



    पहिले मदन भण्डारीको नाम जप्ने ओलीले अहिले पशुपतिको नाम जप्न थालेको भन्दै अब उनलाई पशुपतिनाथले पनि माफी नगर्ने उनको भनाइ थियो ।



    “केपी ओलीजी पहिले तपाईं मदन भण्डारीको नाम जप्नुहुन्थ्यो । अहिले मदन बिर्सिएर पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ,” नेपालले भने, “तपाईंलाई थाहा छ, पशुपतिनाथले कसलाई माया गर्नुहुन्छ रु पशुपतिनाथले त सत्य र न्यायका पक्षमा रहेकालाई माया गर्नुहुन्छ । पापीलाई, अधर्मीलाई पशुपतिनाथले माया गर्नु हुन्न ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार