Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अफगान सेनाको हवाई कारबाहीमा २७ लडाकू मारिए

    अफगान सेनाको हवाई कारबाहीमा २७ लडाकू मारिए

    अनलाइन नेपाल
  • बिहिबार, २९ माघ २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् ।

    सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ ।



    सेनाले हवाई कारबाही मुख्यतः नावा, नहर–ए–सेराज र गर्मसिर जिल्लामा केन्द्रित भएको जनाएको छ ।



    कारबाहीमा लडाकूतर्फका हन्जला र बाराकात नाम गरेका कमान्डर पनि मारिएको सेनाको दाबी छ ।

    तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार