Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियतामा खलल पुर्याएको भन्दै चीनले बन्द गर्यो बिबिसीको प्रसारण

काठमाडौं । चीनले बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजले चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्‍याउने सामग्री प्रसारण गरेको भन्दै आफ्नो देशमा प्रसारणलाई बन्द गरिदिएको छ।

चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको र चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्‍याउने सामग्री प्रसारण गरेकाले प्रतिबन्ध लगाइएको बताएको छ।

केही हप्ताअघि चीन सरकारले कोभिड–१९, वुइघुर मुस्लिमको बाहुल्यता रहेको पश्चिमी सिन्जियाङ प्रान्तमा प्रणालीगत बलात्कार, यौन र श्रम शोषण भइरहेको भन्दै बिबिसीले प्रसारण गरेका रिपोर्टको आलोचना गरेका थिए।

बिबिसीका रिपोर्ट निराधार रहेको उल्लेख गर्दै उनीहरूले बिबिसीले गलत सूचना प्रवाह गर्न केही मानिसहरूलाई प्रयोग गरेको बताएका थिए।

चिनियाँ रेडियो तथा टेलिभिजन प्रशासनको विज्ञप्तिमा भनिएको छ–‘उक्त च्यानलले चीनमा विदेशी मिडियाले पालना गर्नुपर्ने नियम पालना नगरेकाले बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई चिनियाँ भू–भागमा निरन्तरता दिन सकिन्न ।’

त्यसो त चीनले बिबिसीले अर्को वर्ष प्रसारण अनुमतिका लागि दिने निवेदन पनि स्वीकार नगर्ने बताएको छ।

बिबिसीमाथिको यो प्रतिबन्धले चीन र बेलायतबीच पछिल्लो चिसिँदै गएको सम्बन्धलाई झन् खस्काएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077